काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

 मंसिर १९, २०७६ बिहिबार ८:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार देशका पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । पश्चिमी क्षेत्रमा विकास भएको कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

यस्तै, महाशाखाले बिहीबार जारी गरेको  मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ ।

अन्तिम अपडेट: चैत ५, २०७६

तपाईको प्रतिक्रिया