पाेखरा प्रिमियर लिग : बुटवललाई हराउँदै विराटनगर प्लेअफमा

 पुस ९, २०७६ बुधबार १५:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - बुटवल ब्लास्टर्सविरुद्ध ६ विकेटकाे रोमाञ्चक जित निकाल्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ । विराटनगरको याे जितले काठमाण्डाै गोल्डेन्सको शीर्ष ३ मा पुग्ने सपना अधुरो बनेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सुरुवात राम्रो गर्न नसके पनि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शून्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौँ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।

शंकर रानाले २ रन बनाए भने भिम सार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका  सिद्धान्त लोहनी ११ रनमा बाहिरिँदा हर्षले टाेंकले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

बलिङतर्फ किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।

बलिङमा किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए । जवाफमा विराटनगरलाई सो लक्ष्य १२ ओभर २ बलमा पूरा गर्नुपर्ने दबाब थियो । तर उसले आक्रामक ब्याटिङ गर्दै ११ ओभर ४ बलमा लक्ष्य पूरा गर्यो ।

गतिलो सुरुवात गर्न नसकेको विराटनगरले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश बम १३ रनमा आउट भए । त्यसपछि ३१ रन हुँदा कप्तान प्रदिप ऐरी व्यक्तिगत ५ रनमा आउट भए ।

विराटनगरको स्कोर ५८ रन हुँदा तेस्रो विकेट झर्यो । उसका मुहम्मद जेइद आलम २४ रनमा आउट भए । उनले १० बलमा ४ चौका र एक छक्का प्रहार गरे । त्यसपछि पुनील मेहरा ३२ रनमा आउट हुँदा विराटनगरले ९२ रनमा चौथो विकेट गुमायो । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

विराटनगरको स्कोर ९७ रन हुँदा सुनील धमला व्यक्तिगत दुई रनमा आउट भएपछि पाँचौँ विकेट गुम्यो । त्यसपछि पुष्प थापा र नोमन खानले विराटनगरलाई जितको नजिक पुर्‍याएका थिए । उनले २२ बलमा ३५ रन बनाए ।

यो जितपछि विराटनगरले रनरेटमा काठमाण्डौलाई पछि पार्दै प्लेअफमा पुग्यो । अब उसले इलिमिनेटरमा फेरीपनि बुटवलसँग नै खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया