दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
प्रधानसेनापति महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि पनि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई-शून्यले हराउँदै एपीएफले उपाधि उचाल्यो ।
भद्रकालीस्थित आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा सरुको गोलमा एपीएफले अग्रता बनायो । जुन अग्रता उसले पहिलो हाफसम्म कायम राख्यो ।
खेलको ८९ औं मिनेटमा एपीएफले अन्तर दुई-शून्यमा पुर्यायाे । एपीएफका लागि रेखा पौडेलले दोस्राे गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो ।
उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाएको छ ।