बालविवाह रोक्दै राैतहटका किशोरी (भिडियो)

 पुस २०, २०७६ आइतबार १७:५५:१८ | इन्द्रसरा खड्का
unn.prixa.net

रौतहट - सानै उमेरमा परिवारले गरिदिन लागेको विवाह रोक्ने किशोरी हुन्, नुरसना खातुन र दुर्गा शर्मा । रौतहटको परोहाकी नुरसना र ईशनाथ नगरपालिकाकी र दुर्गाले आफ्नो विवाह रोक्न ठूलो संघर्ष गर्नुपर्‍यो ।

वडाध्यक्ष, प्रहरी र आफूजस्तै किशोरीको सहयोगमा दुर्गाले दुई पटक (२०७५ साउन ४ र २०७६ असार १३) र नुरसनाले एक पटक (२०७५ माघ २२) विवाह रोक्न सफल हुनुभयो ।

नुरसनाले अरु तीन जना किशोरीको पनि विवाह रोक्नुभएको छ । उहाँको पहलमा १३, १४ र १५ वर्षका सञ्जिदा, समिरा र अप्सनाको गएको असारमा हुन लागेको विवाह रोकिएको हो ।

बालविवाह गर्न र गराउन हुन्न भन्दा उहाँहरुले उत्तिकै डर, त्रास र गाली सहनुपर्यो ।

अहिले उहाँहरुका परिवार पनि बिहे रोकिएकोमा खुशी छन् । १५ वर्षीया नुरसना र १८ वर्षीया दुर्गाले गाउँमा सञ्चालन भएको सामुदायिक छलफल केन्द्रमा आवद्ध भएपछि उहाँहरुले कम उमेरमा हुन लागेकाे आफ्नो विवाह पनि रोक्नुभयाे भने आफूजस्तै अरु किशोरीको विवाह रोक्ने अभियान पनि चलाइरहनु भएकाे छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया