आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
जुम्ला – निकै चर्चामा रहेको चन्दननाथ मन्दिरको हराएको दत्तात्रेयको मूर्ति भेटिएको छ ।
चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा दत्तात्रेयकाे मूर्ति भेटिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मूर्ति भेटिएको र विस्तृत जानकारीका लागि पत्रकार सम्मेलनकाे आयाेजना गरिने बताइएकाे छ ।
मूर्ति हराएकाे सम्बन्धमा प्रहरीले गएकाे दुई दिनदेखि तलिचौर गाउँमा सर्च अभियान नै चलाएकाे प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भन्नुभयाे ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।