चितुवाको आक्रमणबाट आठ जना घाइते, आक्रमण गर्ने चितुवालाई स्थानीयले 'मारे'

 माघ २०, २०७६ सोमबार २०:३८:४६ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक – पाँचखाल नगरपालिका ६ र धुलिखेल नगरपालिका ८ का स्थानीयलाई चितुवाले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । गएकाे शनिबारदेखि चितुवाले स्थानीयमाथि आक्रमण गर्न सुरु गरेकाे थियाे ।  

घाइते हुनेहरुमा पाँचखाल नगरपालिका ६ की भीमकुमारी सत्याल, वैकुण्ठ कायस्थ, अर्जुन श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायस्थ, सनकबहादुर विकका छोरा कुमार विक घाइते भएको प्रहरी चौकी काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक (असई) राजकुमार पटेलले जानकारी दिनुभयो ।

त्यस्तै धुलिखेल नगरपालिका ८ का नारायण बडाल घाइते हुनु भएकाे छ । जथाभाबी स्थानीयलाई आक्रमण गरेपछि स्थानीयले चितुवालाई घरेलु हतियार प्रयोग गरेर मारेका छन् । चितुवाले सोमबारमात्र ६ जनालाई आक्रमण गरेको पाँचखाल नगरपालिका ६ की सुमन्ता पराजुलीले जानकारी दिनुभयो । 

सोमबार पाँचखाल नगरपालिका ६ को गहते फाँटमा चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । समयमा प्रहरी नपुगेपछि थप आक्रमण गर्ने डरले स्थानीयले घरेलु हतियार प्रहार गरी चितुवा मारेकाे जानकारी प्राप्त भएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया