सिप्रदीले ल्यायो ‘स्कुल बाइ अटोमेटिक्स’ ट्र्याकिङ

 फागुन २२, २०७६ बिहिबार १८:२४:४ | राेशन केसी

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले स्कुलको गाडी ट्रयाक गर्ने जीपीएस प्रणाली ल्याएको छ । काठमाण्डौ वर्ल्ड स्कुलसँगको सहकार्यमा सिप्रदीले ‘स्कुल बाइ अटोमेटिक्स’ नामक एप्लिकेसन ल्याएको हो ।

यो प्रविधिमार्फत अभिभावकले आफ्नो छोराछोरी चढेको स्कुल बस कहाँ आइपुग्यो, कता जाँदैछ, कति छिटो गुड्दैछ, छुटेको ठाउँ, पुग्ने ठाउँ जस्ता सबै कुराको निरीक्षण घरै बसेर गर्न सक्नेछन् । यस्तै, स्कुलले पनि गाडी कहाँ आइपुग्यो, कस्तो अवस्थामा गुडिरहेको छ भन्ने कुराको जानकारी लिन सक्छ ।

यो जानकारीका लागि बसमा एउटा डिभाइस हुन्छ जसले गाडी कहाँ छ र कति छिटो आउँदैछ भनेर जाँच गर्दछ । यो जाँच गर्नको लागि स्कुलसँग मोनिटिरिङ एप्लिकेसन  हुन्छ । 

स्कुलले यो प्रविधिबाट प्रत्यक्ष गाडी चलेको दिशा र गति हेर्न सक्नेछन् । त्यस्तै कुनै पनि गाडी चलेको पुरानो विवरण हेर्नुका साथै गाडी चलेको रोकिएको जानकारी, गाडीले दैनिक पार गरेको दूरीलगायतका सबै जानकारी लिन सक्नेछन् । 

स्कुलले स्कुल बाइ अटोमेटिक्सको सर्भरमा गाडी नम्बर, गाडी चल्ने रुट तथा चालक, विद्यार्थी र अभिभावकको जानकारी राख्नुपर्छ । यही जानकारीका आधारमा अभिभावकले फाइदा लिन पाउँछन् ।

यसका लागि अभिभावकले स्कुल बाइ अटोमेटिक्स एप्लिकेसन मोबाइलमा हाल्नुपर्छ । त्यसपछि एउटा प्रयोगकर्ताको खाता खुल्छ र यसको आधारमा एप्लिकेसनमा छोराछोरी चढेको नम्बर र रुटअनुसार बस कहाँ छ र कुनबेला बस स्टपमा आइपुग्छ, कतिबेला बस स्कुल पुग्यो सबै प्रत्यक्ष हेर्न सकिन्छ । 

यो प्रविधिका कारणले अभिभावकलाई छोराछोरी पुर्याउन र लिनको लागि घण्टौँ कुर्नुपर्ने समस्याबाट छुटकारा पाउनुका आफ्नो छोराछोरी सुरक्षित भए नभएको थाहा पाउन सजिलो हुने कम्पनीले जनाएको छ । स्कुलले चालक र बसको अवस्थाको बारेमा सजिलै जान्न पाउनेछन् ।

एप्लिकेसनको प्रयोग गरेर गाडीको गति, जाँदै गरेको दिशाको बारेमा जानकारी पाउने भएको सडकमा हुन सक्ने दुर्घटनाको जोखिमबाट बच्न सकिने सिप्रदीको नयाँ प्रविधि शाखाका सहायक व्यवस्थापक रमेश थापाले बताउनु भयो ।

सिप्रदीले छिटै निजी गाडी र पिक अप, ट्रकलगायत गाडीहरुका पनि यस्तो जीपीएस ट्र्याकिङ प्रविधि ल्याउन लागेको उहाँले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया