नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना

 फागुन २२, २०७६ बिहिबार २०:४८:२० | गोविन्द शर्मा
unn.prixa.net

बाँकै - कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उप-महानगरपालिकाले   हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेकाे हाे । 

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बिहीबारदेखि सञ्चालन गरिएको हेल्थडेस्कमा बिहान ५ बजेदेखि नै दुई दुई जना स्वास्थ्यकर्मी खटिएको जानकारी दिनुभयो ।

पालिकाले यसअघि जमुनाह नाकामा कोरोना भाइरसको जाँचका लागि हेल्थ डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति शाखाका प्रमुख चुडामणि भण्डारीसहितको टोलीले बिहीबार हेल्थडेस्कको स्थलगत अनुगमन गरी आवश्यक जानकारी लिएको छ ।

हेल्थ डेस्कमा शङ्कास्पद बिरामी फेला परे भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी गरिएकाे पालिकाले जनाएकाे छ । उपमहानगरपालिकाले जनचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेकाे छ । अहिलेसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एक जना पनि शङ्कास्पद बिरामी फेला परेका छैनन् । 

भण्डारी नेतृत्वको टोलीले बाँके र बर्दियाका सरोकारवाला निकायसँग बिहिबार नेपालगञ्जमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा चिकित्सकहरुले स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षित बनाउन आवश्यक श्रोत साधन र उपकरण अभाव भएको बताएका छन् । मास्क समेत नपाएको उनीहरुकाे गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया