आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - टाटा ट्रस्टका अध्यक्ष रतन टाटाले कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्न भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने बताउनु भएको छ।
उहाँको तर्फबाट प्रकाशित बयानमा अहिले भारत तथा विश्वको वर्तमान स्थिति चिन्ताजनक रहेको र कोभिड १९ विरुद्ध लड्न तत्काल आपत्कालीन सहायता आवश्यक रहेको बताउनु भएको हो ।
टाटा ट्रस्टले सबै समुदायलाई सशक्त बनाउन र सुरक्षित गर्न पाँच सय करोड भारु दिने प्रतिवद्धता व्यक्त गरेको बयानमा भनिएको छ । यो पाँच सय करोड भारु फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि चिकित्सा, रेस्पिरेटरी सिस्टम, परीक्षण किट्स आदिमा प्रयोग हुने बताइएको छ ।
कोभिड १९ लाई लिएर शनिबार भएको पत्रकार सम्मेलनमा केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले एकैदिन एक सय ४९ जना सङ्क्रमित भएको र दुई जनाको ज्यान गएको बताएका छन् । भारतमा अहिलेसम्म २० जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ५० भन्दा माथि छ ।