संखुवासभामा करेन्ट लागेर एक जनाको ज्यान गयो

 चैत २८, २०७६ शुक्रबार १५:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - खाँदबारी नगरपालिका–२ चेवाबेसीको आरुबोटे भन्ने ठाउँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा १९ वर्षीय महेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोषकुमार राईले बताउनुभयो । 

उहाँका अनुसार बिहीबार राति १० बजे आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

विश्वकर्माको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया