रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी

 बैशाख १९, २०७७ शुक्रबार १६:५४:४१ | रासस
unn.prixa.net

काठमाण्डौ - रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको छ । 

सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको शुक्रबार राति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिनुभयो । शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिइ, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् ।  

उनीले  तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उनी कला र सांगीतिक मोर्चाबाट होमिएकी थिइन् ।  

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया