'लकडाउन'मा सडक र पुल निर्माणकाे काम धमाधम

 बैशाख २१, २०७७ आइतबार १९:१४:४० | राेशन केसी
unn.prixa.net

काठमाण्डाै – लकडाउनका कारण यतिबेला देशैभरि सडकमा हुने गतिविधि ठप्प जस्तै छन् । तर यही मौकामा सडक विभागले सडक मर्मत र पुल निर्माणलाई तीव्र बनाएको छ ।

लकडाउनको अवधिमा ५० वटा पुलको ढलान भएको छ । लकाडाउनभन्दा अघि सक्नुपर्ने काम भए पनि यो काम लकडाउन अवधिमा गरिएको हो । लकडाउनका कारण कामदार अभाव हुँदा पुल निर्माणको काम अझ केही पर धकेलिएको थियो ।

अझै केही सङ्ख्यामा बन्न लागेका पुल ढलानको काम बाँकी रहेको छ । प्रिमनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँमा पानी परिरहेकाले खोलाको बहाब बढ्न थालेको छ । जसले गर्दा पुलमा लगाएका टेकाहरु बगाउने जोखिम रहेको सडक विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो ।

सडक विभागले जुम्ला, सङ्खुवासभा, मोरङ, भरतपुर, दाङलगायतका केही ठाउँका सडकको मर्मत सम्भार गरेकाे महानिर्देशक शर्माले जानकारी दिनुभयो ।

यही समयमा काठमाण्डौको चावहिलदेखि गौशालासम्मको सडकखण्डको काम गरिने भने पनि सडकमा राख्नका लागि आवश्यक रोडा, गिट्टीको अभावले काम हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'सडकका लागि आवश्यक सामग्री दोलालघाटबाट ल्याउन स्थानीयले नदिएपछि काम रोकिएको हो, यो सडकखण्डमा पानीको पाइप बिछ्याउने काम भने भइरहेको छ ।'

लकडाउनका बेला काम गर्नका लागि सडक विभागले कामदारलाई क्याम्पमा राखेर काम अघि बढाइरहेको छ भने केही जिल्लामा विभागको समन्वयमा कामदार खटाइरहेको छ । तर लकडाउनका बेला पनि सडक मर्मतका लागि विभागले बाहिरबाट कामदार ल्याएको भन्दै केही ठाउँमा स्थानीयले विरोध गरेको महानिर्देशक शर्माको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया