डा. भूसालको नियात्रा ‘कोको पहाडमा भाेको यात्री’ सार्वजनिक

 असोज २४, २०७७ शनिबार १८:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ आज सार्वजनिक भएको छ ।

भर्चुअल पुस्तक विमोचन कार्यक्रम मार्फत कृति सार्वजनिक भएको हो । भूसालको यो दोस्रो साहित्यिक कृति हो । यो भन्दा पहिले उहाँको कविता संग्रह ‘पहाड उचाल्ने परेलाहरु’ प्रकाशन भइसकेको छ । 

कोको पहाडभित्र भोको यात्री अध्ययन तथा जागिरको शिलशिलामा आफूले देश तथा विदेशमा गरेका यात्रा तथा अनुभवको संस्मरण भएको भूसालले बताउनुभयो । 

नेपाल, चीन, जापान, युरोप, अफ्रिका र अमेरिकाका अनुभव बोकेको यस पुस्तकमा कर्मचारीका शैली, दुःख, हाँस्य, इतिहास, अर्थनीति, नोस्टाल्जिया र टाइम ट्राभलका कुरा पनि समेटिएका छन् । यस कृतिमा विभिन्न देशका भाषा कला संस्कृतिहरुलाई एउटै आवारणमा उतार्न खोजिएको भूसालको भनाइ छ । 

कर्मचारीको रुपमा भ्रष्टाचार विरोधी छवि बनाउनुभएका भूसालको कविता ‘बासँगका विलौना’ले सन् २०१३ को हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार जितेको थियो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया