इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थाल्यो, प्रतिबन्धात्मक नियमहरुको घोषणा

 कात्तिक ३, २०७७ सोमबार ९:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । 

सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ । प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने, बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने भएको छ ।

इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।

युरोपका अरु देशहरुमा पनि सङ्क्रमण बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया