इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एककाे ज्यान गयो, दुई घाइते

 माघ १४, २०७७ बुधबार १९:५१:३५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामबाट झापा जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा २८ वर्षीया अञ्जु आचार्यको बुधबार घटनास्थलमै ज्यान गएको हो । 

ट्रकले ठक्कर दिँदा ४२ वर्षीय मोटरसाइकल चालक उमेश साह र मृतककी दुई वर्षीय छोरा सरोज आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते साह सूर्योदय नगरपालिका १० का हुन् भने मृतक आचार्य र उनका छोरा माइजोगमाई गाउँपालिका ३ का रहेको बताइएको छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी लालध्वज सुवेदीका अनुसार को १८ प ६९७ नम्बरको मोटरसाइकललाई त्यही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ना ३ ख २७३२ नम्बरको ट्रक र चालक ३६ वर्षीय भवानीप्रसाद तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि इलाम अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका आचार्य र साहलाई उपचारका लागि झापा पठाइएको सुवेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया