रुबिना दिलाइक बनिन् बिग बाेसकाे १४ औं सिजनकाे विजेता

 फागुन १०, २०७७ सोमबार ७:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् ।

बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् । 

बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए । 

'रियालिटी शो'का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो । 

सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिनाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया