तनहुँ कारागारमा दुई कैदी समूहबीच झडप, ६ घाइते

 फागुन १६, २०७७ आइतबार १९:५८:५५ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् । 

घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ।

घटनाको सम्बन्धमा तनहुँमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल, कारागार प्रशासनबीच छलफल भइरहेको छ ।

यद्यपि घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले कुनै सूचना दिएको छैन । ‘कारागारभित्र सामान्य विवाद भएको हो’, तनहुँका प्रवक्ता युवराज तिमिल्सेनाले भन्नुभयो, ‘कारागारभित्र त्यस्तो केही भएको छैन ।’  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया