खोरकाे फलामे डन्डी बङ्ग्याएर भाग्यो बाघ

 चैत १०, २०७७ मंगलबार १८:५४:५४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँके राष्ट्रिय निकुञ्जको खोरमा राखिएको पाटेबाघ भागेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार खोरमा फलामे डण्डीको पाता बङ्गाएर बाघ जङ्गलतर्फ गएको छ ।

बर्दियामा मानिसमाथि एकपछि अर्को गरी आक्रमण भएपछि नियन्त्रणमा लिइएको बाघ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा राखिएको हो । चैत ५ गते खाता जैविक मार्ग बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ डिभिजन वन कार्यालय बर्दियाले त्यही दिन बेलुका निकुञ्जमा ल्याएको हो । त्याे बाघलाई निकुञ्जको खैरी पोस्टकाे खोरमा विशेष निगरानीका साथ राखिएको निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको खोर ४० फिट लामो र २१ फिट चौडाइको छ । खोरमा निगरानी गर्न दुई क्यामरा जडान गरिएको निकुञ्ज कार्यालयले जनाएको छ  ।

सोमवार भेटेरिनरी डाक्टरसहितको टोलीले बाघको स्वास्थ्य जाँच गरेको थियो भने आहारासमेत खुवाइएको थियो । सीसी क्यामरामा बाघ बिहान ४:४५ बजेसम्म खोरमै रहेको देखिएको छ । विहान ६ बजेतिर कर्मचारी खोरमा जाँदा बाघ भागेको पाइएको हो ।

बाघ आफ्नाे प्राकृतिक बासस्थानतर्फ गएका कारण अहिले नै त्रसित हुनुपर्ने अवस्था नभएको निकुञ्जले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया