बाँके : नागरिकता उपलब्ध गराउन बस चढाएर कार्यालयसम्म, खाना खुवाएर बसमै घरसम्म

 चैत १४, २०७७ शनिबार ६:१९:५९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले थारु समुदायको बाहुल्यता रहेको क्षेत्रका तीन सय सात जनालाई जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले राप्ती सोनारी गाउँपालिकाको विनौना र वैजापुरका युवायुवतीलाई ६ वटा बसमार्फत जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता उपलब्ध गराउनुको साथै खानासमेत खुवाएर गाउँमै पुर्‍याइदिएकाे हो ।

महँगो बस भाडा र दुई दिन खर्च हुने भएकाले नागरिकता लिन समस्या भएको जानकारी पाएपछि उनीहरूलाई प्रशासनमा ल्याएर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बिहीवार (हिजो) गाउँमा पुगेका प्रशासन कार्यालयका कर्मचारीले आवश्यक कागजपत्र सङ्कलन गरी शुक्रवार बिहानै बसमार्फत उनीहरूलाई प्रशासन कार्यालय ल्याएका थिए । कागजपत्र तयार भएकाले शुक्रवार नै प्रशासनबाट नागरिकता उपलब्ध गराउनुको साथै खानासमेत खुवाएर बसमार्फत नै घर पठाएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनमा घुम्ती शिविर सञ्चालनका लागि रहेको कोषबाट खानाको व्यवस्थापन गरिएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया