दुर्गाप्रसादको स्वास्थ्य परीक्षण सुरु

 चैत २२, २०७७ आइतबार १८:२५:५८ | सुजता सुनुवार
unn.prixa.net

फाइल फाेटाे

इलाम – माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । विना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएर नेपाल आउनुभएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरु भएको हो ।

विराटनगरको विराट मेडिकल कलेजका डाक्टरहरूले तिम्सिनाकाे सामान्य स्वास्थ्य परीक्षण गरेका हुन् । अन्य आवश्यक थप परीक्षण र उपचारका लागि उहाँलाई मेडिकल कलेजमा भर्ना गरिएको उहाँका भतिजा गोपाल तिम्सिनाले जानकारी दिनुभयो । 

विराट कलेजकी डाक्टर सुरु कोइरालाले दुर्गाप्रसादकाे प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नुभएको छ । दुर्गाप्रसादको उपचारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरी रहनुभएको छ । कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले उहाँको निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

आइतवार तिम्सिनाको दाँत, हातखुट्टाको सामान्य परीक्षण भएको छ, भर्ना गरिएपछि भने विस्तृतमा परीक्षण गरिने अस्पतालले जनाएको छ । हत्या मुद्दाको अभियोगमा पक्राउ पर्नुभएका तिम्सिना अभियोग प्रमाणित विना नै जेल बस्नुपरेको थियो । 

उहाँको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिएको छ । यसका साथै प्रदेश सरकारले क्षतिपूर्तिका लागि पनि पहल गर्ने बताएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया