कर्णालीमा दुई मन्त्री नियुक्त

 जेठ ३, २०७८ सोमबार ८:३:४७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषदमा दुई जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गर्नु भएको हो । यस अघि उहाँहरुसहित बिन्दमान विष्टलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।

मुख्यमन्त्री शाहीले गएकाे बुधबार आर्थिक मामिल तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सिता कुमारी नेपालीलाई नियुक्त गरे पनि कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि सपथ ग्रहण स्थगित भएको थियो ।

अब बाँकी रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा मन्त्रालय विश्वासको मत दिएर मुख्यमन्त्रीको पद जोगाइदिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने तयारी रहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया