कर्णाली : नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए शपथ

 जेठ २३, २०७८ आइतबार १७:१५:० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई नेतालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसीलाई नियुक्त गर्नुभएको थियो ।

विश्वासको मत दिएर सरकार जोगाइदिएको कांग्रेसलाई मुख्यमन्त्रीले सरकारमा सहभागी गराउनुभएको हो । नेकपा एमालेले सर्मथन फिर्ता लिएपछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

अब कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ पुगेको छ । कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीन जना र कांग्रेसका दुई जना मन्त्री छन् । पछिल्लो चुनावपछि केन्द्र र सबै प्रदेशको सरकारमा विपक्षीको भूमिकामा रहेको कांग्रेस कर्णालीमा सत्तामा पुगेको हो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया