कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित

 जेठ २६, २०७८ बुधबार २०:२३:४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको  हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे । 

आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । 

फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने एमालेको बताउँदै आएको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि प्रि–बजेट छलफल  र  नीति तथा कार्यक्रम पेस गर्ने सरकारले तयारी गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया