कर्णाली प्रदेश : आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठसहित)

 जेठ २९, २०७८ शनिबार १७:४६:४६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख कलौनीले कोराेना महामारी न्यूनीकरण, रोकथाम र उपचारको उचित व्यवस्थापन गर्दै आवश्यक औषधि, आपूर्ति तथा उपलब्धता मार्फत नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कोरोनाका बिरामीलाई नि:शुल्क उपचार र खोप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । कोराेनाका कारण रोजगारी गुमाएकालाई मुख्यमन्त्री रोजगार कार्यक्रम, अरु आयआर्जनका विकल्प, एक जिल्ला एक उद्यम गाउँलगायतका कार्यक्रम सञ्चालन, व्यावसायिक कृषि उत्पादन, कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश सरकारले २० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने पनि जनाएको छ ।

हेर्नुस् पूर्ण पाठ :

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया