कर्णाली : सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन एमालेको निर्देशन

 असार ४, २०७८ शुक्रबार १७:१३:१७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – एमाले संसदीय दल कर्णाली प्रदेशले सरकारमा सहभागी आफ्ना सांसदहरुलाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको छ । आज बसेको एमालेको संसदीय दलको बैठकले तीन जना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको हो । 

बैठकले कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई फिर्ता हुन निर्देशन दिएको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि सरकारलाई एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगाइदिएका थिए । गएकाे वैशाख ३ गते एमाले प्रदेश सभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।  

त्यसपछि एमालेले फ्लोर क्रस गरेका चार जनालाई कारबाही गरेपछि सांसद पद गुमेको थियो । तर सर्वोच्चले पुनर्बहाली गरिदिएपछि उनीहरुको सांसद पद जोगिएको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भोलिपल्टै वैशाख ४ गते तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।   

दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्री त्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।    

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया