बजेट पास नगरि कर्णालीको संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट ल्याउने तयारी

 असार ३१, २०७८ बिहिबार ८:५८:४२ | मुना हमाल
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।

सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक महिनापछि अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

एमालेले प्रदेश सभा दलीय व्यवस्थाअनुसार नचलेसम्म प्रदेश सभा बैठक अघि बढ्न नदिने अडान राखेको थियो ।

यसअघि दलको निर्णय विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका चार जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए । आफूलाई विश्वासको मत दिएका तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गर्नु भएको छ । 'फ्लोर क्रस' गरेर एमालेका चार जना प्रदेश सभा सदस्यलाई पदमुक्त गरे पनि अदालतले पुनर्बहाली गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया