कर्णाली प्रदेशको बजेट अध्यादेशमार्फत ल्याउन प्रदेश प्रमुखलाई सिफारिस

 असार ३१, २०७८ बिहिबार २०:६:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । केहीबेर अघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो ।

प्रदेश सरकारले असार १ गते नै प्रदेश सभामा बजेट पेस गरेको भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुको अवरोधका कारण बजेटमाथि छलफल हुन सकेको छैन । प्रदेश सभामा बजेटमाथि छलफल हुन नसकेपछि गएरातिदेखि अधिवेशन अन्त्य गरी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

अध्यादेशमार्फत बजेट ल्याए पनि बजेट यसअघि प्रदेश सभामा पेस गरेकै अवस्थाको भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिनुभयो । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट सभामा पेस गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया