कलाकार शम्भुराज थापाको निधन

 भदौ ५, २०७८ शनिबार ९:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चर्चित कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए । उनले मह सञ्चारको ‘आमा’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका छन् ।

केही चलचित्र  र धेरै टेलिश्रृङ्खलामा भूमिका निभाएका थापाको निधनप्रति कलाकारले दुःख व्यक्त गरेका छन् । 

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया