कलाकार निशा घिमिरेको निधन

 भदौ १७, २०७८ बिहिबार १०:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै निशाको बुधवार साँझ निधन भएको हो । 

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक अस्पतालले नै उनको निःशुल्क उपचारको जिम्मा लिएको थियो । अस्पतालले हिजो विज्ञप्ति निकालेर उनको निधनप्रति दुःख व्यक्त गरेको हो । 

बुधवार बिहानदेखि उनको मिर्गौला र मुटुले काम गर्न छाडेपछि अवस्था झनै गम्भीर भएको थियो । कलाकार निशा घिमिरेले भोजपुरी फिल्म मधेसी पुत्र–२ सहित केही नेपाली सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया