डोलेश्वर महादेवको मन्दिरमा हास्य कलाकार मनोज गजुरेलको विवाह

 असोज २५, २०७८ सोमबार १२:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।

बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।

यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया