खराब माैसमका कारण भारतीय चलचित्र छायाङ्कन टोली लुक्लामै रोकियो

 कात्तिक २, २०७८ मंगलबार ९:२०:२१ | सुवास दर्नाल
unn.prixa.net

काठमाण्डाै – मौसम प्रतिकूल भएपछि भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोली लुक्लामा रोकिएको छ । झण्डै ८५ जना चलचित्रकर्मी खुम्बु क्षेत्रमै रोकिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ । हिजो केही कलाकार फर्किए पनि अरु रोकिएका छन् ।

गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो । भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित भएको टोलीका नेपाली चलचित्रकर्मी सुरेश अधिकारीले जानकारी दिनुभयो । लुक्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले उडानको सम्भावना कम रहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया