अल्टिच्युड एअरकाे हेलिकप्टरमा सवार ६ जनाकाे मृत्यु, १ जनाकाे जीवितै उद्धार

 भदौ २३, २०७५ शनिबार १८:४:५० | अर्जुन श्रेष्ठ

धादिङ -  नुवाकोटको म्यागङ गाउँपालिका–१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अल्टिच्युड एअरको हेलिकप्टरमा सवार ६ जनाकाे मृत्यु भएकाे र १ जना घाइतेकाे जीवितै उद्धार गरिएकाे छ ।

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले बताउनुभयो ।

घटनास्थलमा ६ जनाको शव भेटिएको छ भने डोल्मा डिकीलाई अचेत अवस्थामा उद्धार गरिएको कुँवरले बताउनुभयो । भेटिएका शवकाे पहिचान भने हुन नसकेको उहाँको भनाइ छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाडाैं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिनुभयो ।

हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा  शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ । 
गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्कविहीन भएको थियो । 

काठमाडौंबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकप्टरले पर्यटक छाडेर त्यहाँबाट क्याप्टेनसहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया