नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा आयाे

 पुस १५, २०७८ बिहिबार १८:५०:२४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा बन्द सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । डाइभर्सन मर्मत गरेपछि हिजो बुधवार बिहानदेखि बन्द सडक केहीबेर अगाडिदेखि दुईतर्फ सञ्चालनमा आएको हो ।   

नारायणगढ–बुटवल सडक चार लेनमा विस्तार गर्ने क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको डाइभर्सनमा क्षति पुग्दा यातायात बन्द भएको थियो । राजमार्ग खुलेसँगै रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको चाप कम हुँदै गएको छ ।   

राजमार्ग विस्तारका क्रममा जिल्लाका विभिन्न ठाउँमा पुल तथा कल्भट निर्माण भइरहेका छन् । तर सामान्य पानी पर्नेबित्तिकै डाइभर्सन बगाउने, भत्काउने हुँदा यातायात बेला–बेलामा बन्द हुँदै आएको छ । यसले गर्दा यस खण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया