सङ्खुवासभामा कटेरोमा आगलागी हुँदा एक जनाकाे ज्यान गयाे

 पुस १८, २०७८ आइतबार ९:५२:५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको ज्यान गएको छ ।

आगलागीमा परि २३ वर्षीय पङ्खामान राईको ज्यान गएकाे हो । 

चार जना साथीसँग काठ चिर्न जङ्गल जानुभएका पङ्खामान बसेको कटेरोमा आगलागी हुँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनु भयो । 

पङ्खामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताउनु भयो । 

साथीहरु फर्किएर कटेरोमा पुग्दा पङ्खामान जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको सुवेदीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया