विदेशी ऋणमा पुनर्संरचना गर्न श्रीलङ्कालाई जापानी विदेशमन्त्रीका...
बैशाख २३, २०८१ आइतबार
सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका–३ धरहराबाट जुवा खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका छन् । गएराति स्थानीय ढकबहादुर तामाङको घरमा जुवा खेलिरहेका उनीहरुलाई ४ लाख ८४ हजार ५० रूपैयाँ नगद र कौडासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा वाग्मती नगरपालिका–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय सञ्चरसिंह घिसिङ, ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेटु साह रहेका छन् । त्यसैगरी हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकास अधिकारी, ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अंसारी, २९ वर्षीय रामवीर चौधरी, रौटहट चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दीलबहादुर लामा रहेका बुढाथोकीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।