सङ्खुवासभामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

 माघ २४, २०७८ सोमबार १३:१७:४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परि गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्रातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेकाे हो ।

मृतकको शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया