सप्तरीमा भीषण आगलागी, दुई करोड रुपैयाँभन्दा धेरैको क्षति

 फागुन २९, २०७८ आइतबार ९:२८:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ ।

गएराति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीकाअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गएराति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ ।

आगलागी हुनुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया