खोटाङमा वित्तीय साक्षरता कक्षाका सहभागीलाई लघु उद्यम विकास तालिम

 चैत २०, २०७८ आइतबार १८:३४:१८
unn.prixa.net

खोटाङ –  वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आय आर्जनमा लागेका परदेशीका परिवारलाई व्यवसायीक रूपमा अघि बढ्न लघु उद्यम विकास तालिम प्रदान गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी र कक्षामा बसेपछि आयआर्जनमा लागेका १० जना गरी ४२ जना महिलालाई लघु उद्यम विकास तालिम प्रदान गरेको हो । 

तालिममा सहभागी ४२ जनाले आ—आफ्नो बजार, स्रोत, पुँजी र सीप अनुसारको व्यवसायीक योजनाको आधारमा व्यवसायलाई थप टेवा पु¥याउने सामाग्री समेत सहयोग गर्ने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । 

सामी परियोजना अन्तर्गत अहिले वित्तीय साक्षरता कक्षा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ६ नेर्पामा सञ्चालन भई रहेको छ । कक्षामा सहभागी भएका मध्ये २० जनालाई लघु उद्यम विकास तालिममा समाबेस गराइएको छ भने बाँकी ७० जना सहभागीलाई पनि व्यवसायीक योजनाको आधारमा कृषि सामाग्री वितरण गरिने भएको छ ।

तालिममा सहभागीले बनाएको व्यवसायीक योजनाको छनोटको आधारमा, व्यवसायीक कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्नेहरू ३६ जना, चटपटे तथा किराना पसल ४ जना, होटल तथा खाजा घर सञ्चालन गर्ने १ जना र सिलाई कटाइमा व्यवसायीक  रूपमा लाने १ जना रहेका छन् ।

नगरपालिकाको समन्वयमा सहभागीलाई व्यवसायीक योजनाको आधारमा सामाग्री खरिदको प्रक्रिया सुरु भएको कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया