खाँची राज्यकी राजकुमारी चन्द्रप्रभावतीको शालिक अनावरण

 बैशाख १, २०७९ बिहिबार १३:४८:२८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची  - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको डिहिडाँडामा खाँची राज्यकी राजकुमारी चन्द्रप्रभावती शाहको शालिक निर्माण गरिएको छ । 

डिहिडाँडाको चन्द्रप्रभा माध्यमिक विद्यालयको नजिकैको चौपारीमा निर्माण गरिएको शालिक आज एक समारोहकाबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अनावरण गर्नुभएकाे हाे । 

चन्द्रप्रभावती तत्कालीन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्य समूहको खाँची राज्यका तेह्राैँ राजा  दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् ।

पृथ्वीनारायण शाहलाई  नेपालको एकीकरण गर्न, राजदरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख रहेको स्थानीय बुद्धिजीवी तिर्थराज आचार्यले बताउनु भयाे । उनको जन्म विक्रम सम्वत् १७५९ मा खाँचीमा भएको थियो  । उनको विवाह तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहसँग भएको थियो । 

खाँची राज्यको इतिहास जगेर्ना गर्ने उद्देश्यले शालिककाे निर्माण गरिएको हाे । शालिकको निर्माणका लागि सन्धिखर्क नगरपालिकाको ३ लाख, वडा नं ७ को कार्यालयबाट विनियोजित फाउन्डेसन निर्माणका लागि १ लाख रुपैयाँ खर्च भएको बताइएको छ । 

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया