दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु

 बैशाख १२, २०७९ सोमबार १०:४१:९
unn.prixa.net

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ ।  बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ । भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ ।

बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया