रुकुम पूर्वमा एक महिला सदस्य निर्विरोध निर्वाचित

 बैशाख १३, २०७९ मंगलबार १९:२२:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा महिला सदस्यका उम्मेदवार विष्णु रोका निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा माओवादी केन्द्रबाट महिला सदस्य पदका लागि उम्मेदवार हुनुभएको थियो । 

वैशाख ३० गते हुने पालिका चुनावका लागि अस्ति आइतवार र हिजो सोमवार राखिएको उम्मेदवारी मनोनयनको समयमा भूमे गाउँपालिका ३ को महिला सदस्यमा उहाँको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिनुभयो । 

रोका महिला सदस्यमा निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । यसैबीच रुकुम पश्चिमका ६ पालिकामा तीन सय ७७ पदका लागि एक हजार एक सय १५ जनाको उम्मेदवारी मनाेनयन दर्ता भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया