भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गयाे

 जेठ २२, २०७९ आइतबार ८:१७:२
unn.prixa.net

काठमाण्डाै - भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर–४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राईको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर–१ मनहरामा रहेको सुकुम्वासी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षका दिलबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया