१५ सय टिन तेलसहित भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

 असार ४, २०७९ शनिबार ११:२५:१३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो । 

ट्रकमा भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बराबरको रिफाइन पाल्माेनियम तेल बरामद गरिएकाे हाे । यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकमा १५ सय टिन तेल भेटिएकाे हाे । प्रहरीले ट्रक चालक भारतको उतर प्रदेश कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमारलाई पक्राउ गरेकाे छ । 

ट्रकसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया