रुकुम पूर्व : ठूलो ढुङ्गा खसेर लाग्दा सिस्ने गाउँपालिका-३ काे कार्यालयमा क्षति

 असार २०, २०७९ सोमबार ११:८:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - बिहान ठूलो ढुङ्गा खसेर लाग्दा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ ।

कार्यालयभन्दा माथिबाट खसेको ढुङ्गा कार्यालयमा आउँदा वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ ।

वडाअध्यक्ष हेराम खड्काले ढुङ्गाले गेट भत्काएर वडा कार्यालय समेत क्षति गरेको बताउनुभयो । उहाँले माथिबाट आएको ढुङ्गाले पक्की भवन रहेको कार्यालयको बैठक कक्षको दुवै तिरको भित्ता फोडेको जानकारी दिनुभयो ।

ढुङ्गाले गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ । दुई वर्षअघि निर्माण गरिएको एक तले वडा कार्यालयमा चार वटा कोठा रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया