रुकुम पश्चिम : पहिराेले बस्ती नै जाेखिममा

 असार २१, २०७९ मंगलबार २०:९:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ । मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो । 

सोमवार रातिदेखि आएको निरन्तर वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर जोखिममा परेकाे वडाध्यक्ष समिरजंग मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका चार घर अति जोखिममा र १४ घर जोखिममा परेका छन् । वर्षाका कारण गएको पहिराेले यस वडामा आउजाउ गर्ने बाटो र बिजुली सेवा बन्द भएको छ ।

याे ठाउँमा अहिले पनि पहिरो गइरहेको वडाध्यक्ष मल्लले बताउनुभयाे । मुसीकाेट नगरपालिकाका मेयर महेन्द्र केसीसहितको एक टोली पहिरोस्थलमा पुगेर फर्किएको छ । मेयर केसीले जोखिममा रहेको बस्तीका नागरिकलाई तत्काल सुरक्षित ठाउँमा सार्न सुझाव दिएको बताउनुभयो । 

बिजुली नभएका कारण सञ्चार सम्पर्कमा समस्या भएको छ । यस ठाउँमा खानेपानी, खाद्यन्न र वासस्थानको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया