७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

 साउन १८, २०७९ बुधबार २०:९:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको छ । त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो । 

विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीमा कोराना पोजेटिभ देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको शिक्षक गणेश ओलीले जानकारी दिनुभयो । आज बुधवार २० जना विद्यार्थीको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ प्रतिशत विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो । 

केही दिनयता दिनहुँजसो विद्यालयमा बिरामी हुने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि विद्यालयमै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । दैनिक ५, ६ जना विद्यार्थी बेहोस हुने, काँप्ने र ढल्ने जस्ता समस्या आएकाले त्रिवेणी गाउँपालिका अस्पताल खारानेटाका ल्याब टेक्निसियन भरत बिसीसहितको टोली बोलाएर जाँच गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णा खड्का ओलीले जानकारी दिनुभयो । 

विद्यार्थीमा कोरोनाको सङ्क्रमण दर बढ्न सक्ने भएकोले एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक खड्काले बताउनुभयो । विद्यालयको प्रशासनिक काम भने हुनेछ । विद्यालयमा झन्डै सात सय विद्यार्थी अध्ययनरत छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया