राजविराज नगरपालिकाका निवर्तमान मेयर यादव लाेसपा प्रवेश

 भदौ ६, २०७९ सोमबार १९:२३:४६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल प्रवेश गर्नुभएकाे छ । 

लोसपा सप्तरीद्वारा आज साेमवार जिल्ला समन्वय समितिकाे सभा हल राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यादवलाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । यादवसँगै राजविराजका निवर्तमान कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली, शोभालाल मण्डल पनि लोसपा प्रवेश गरेका छन् । 

२०७४ सालमा भएकाे पालिका चुनावमा यादव तत्कालीन राजपाबाट राजविराजकाे मेयरमा निर्वाचित हुनुभएकाे थियाे । पछि राजपा र सङ्घीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) हुँदा यादव जसपामै थिए । त्यसपछि गएकाे पालिका चुनावमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरी मेयरमा उम्मेदवार बन्नुभएकाे उहाँ पराजित हुनुभएकाे थियाे । 

यही कार्यक्रममा राजविराज ३ का नेकपा माओवादी केन्द्रका नेता ईर्साद अन्सारीसहितका नेता कार्यकर्ता पनि लाेसपा प्रवेश गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया