सप्तरीमा सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध कपडा र गोरु बरामद

 भदौ ११, २०७९ शनिबार १२:५७:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । यसै क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अवैध कपडा र गोरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा अवैध कपडा बरामद भएको उहाँले बताउनुभयो ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका लोनियाबाट सशस्त्र प्रहरीले २० हजार रुपैयाँ मूल्य बराबरको अवैध गोरु तथा बाछाहरु बरामद गरेको छ। बीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटिएको टोलिले लोनियाबाट १० वटा बाछाहरु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा तथा बाछा तथा तस्कर समेतलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया