बारामा प्रहरी र डाँका समूहबीच भिडन्त

 भदौ १९, २०७९ आइतबार १०:३६:४७ | जयनारायण यादव
unn.prixa.net

साङ्केतिक तस्बिर

बारा - बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो।

उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो ।

डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो   । डाँकाहरुको रड प्रहारबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाही घाइते हुनुभएको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीले दुईजना डाँकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया