डा. भगवान काेइरालाकाे पुस्तक ‘हृदय’को नियमित संस्करण बजारमा

 असोज २९, २०७९ शनिबार १८:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाण्डौमा रहेकको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गएकाे भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गर्नभुयाे । कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताउनुभयाे । 

‘हृृदय’को नियमित संस्करण काठमाण्डौका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाण्डौ बाहिरका लागि पाँच सय ७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । भदौ २८ मा सार्वजनिक गरिएको सीमित विशेष संस्करणकाे भने प्रति किताब मूल्य २५ हजार रुपैयाँ ताेकिएकाे थियाे । 

हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाण्डाै  इन्स्टिच्युट अफ चाइल्ड हेल्थ निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।  नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि त्यही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताउनुभएकाे छ । यसरी काठमाण्डाैको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया